शान्ति सम्झौताको आठ वर्ष पूरा, अझै पूरा भएनन् सम्झौताका प्रावधान

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते ४:५९ मा प्रकाशित

shanti-samjhuta-final-finalकाठमाण्डु, ५ मंसिर– सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज आठ वर्ष पूरा भएको छ ।

शान्ति सम्झौताको आठ वर्ष बित्दासमेत सम्झौताका कतिपय प्रावधान अझै कार्यान्यवन भएका छैनन् ।

५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । सम्झौतापछि नेकपा माओवादीले सशस्त्र युद्ध अन्त्यको औपचारिक घोषणा गरेको थियो ।

सम्झौतामा उल्लेख भएअनुसार माओवादी सेनाका लडाकु समायोजनको काम सकिए पनि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग अझै बनेको भैन भने संविधान निर्माण प्रक्रिया अन्यौलमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us