प्रचण्डलाई कमल थापाको प्रस्ताव, एमाओवादी र राप्रपा नेपालको एउटै मोर्चा बनाऔं’

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते ६:४६ मा प्रकाशित

kamal thapaकाठमाण्डु, ५ मंसिर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।
प्रचण्ड भेट्न थापा शुक्रबार बिहानै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । भेटमा थापाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा देखिएको अतिरोध अन्त्य गरी सहमतिमै संविधान जारी गर्ने वातावरण निर्माणका लागि सक्रिय हुन प्रचण्डलाई सुझाव दिएका छन् ।

उनले सहमति भएका र नभएका दुवै विषय छलफलका लागि संविधानसभाको पूर्ण बैठकमा लैजान आग्रह गरेका थिए ।

श्रोतका अनुसार उनले राष्ट्रियता कमजोर बनेको भन्दै आफूहरु र एमाओवादीबीच राष्ट्रवादी मोर्चा बनाएर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।

जवाफमा प्रचण्डले काँग्रेस–एमाले विगतका सहमति र प्रतिबद्धताबाट पछि हटेकाले उनीहरु नसच्चिएसम्म सहमति हुन नसक्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us