चितवनमा ट्रक पल्टिँदा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते ७:२५ मा प्रकाशित

चितवन, ५ मंसिर – चितवनको दारेचोकमा मिनिट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

धादिङबाट चितवनको मुग्लिनतर्फ आउँदै गरेको ग१ख ४४०३ नम्बरको मिनिट्रक गएराति पल्टिँदा सो दुर्घटना भएको हो ।

गोलभेँडा बोकेको उक्त मिनिट्रक चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकै पल्टिँएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी  धादिङ सलाङ–२ का अर्जुन नेपाली र गाडीमा सवार पाल्पाका ३५ वर्षीय रमेशकुमार श्रेष्ठको ज्यान गएको चितवन प्रहरीले जनाएको छ । उनीहरुको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते  मिनिट्रक चालक धादिङको सलाङका २९ वर्षीय होमनाथ नेपालीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक अर्जुन चालक होमनाथका भाइ भएको प्रहरीले जनाएको छ ।

मिनिट्रक सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  चालकले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us