भीमदत्तनगर, ६ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति रणााले नेपाल हिन्दू गणतन्त्र देश हुनुपर्ने बताएका छन् । महेन्द्रनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले आफू सनातन हिन्दू धर्मको पक्षमा रहेको धारणा उल्लेख गरे । ‘पहिलो संविधानसभामा पनि राप्रपाले धर्म निरपेक्षताको विरोध गरेको थियो’,...
चितवन, ६ मंसिर– चितवनको रामनगरस्थित तीन होटललाई गुणस्तरहीन खाना खुवाएको भन्दै सञ्चालनमा रोक लगाइएको छ । वाणिज्य विभागले अघिल्लो महिनामा गरेको राजमार्गका होटल अनुगमनमा यस्तो फेला पारेपछि सञ्चालनमा रोक लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले जानकारी दिए । उनका अनुसार सञ्चालनमा रोक लगाइएकामा...
ललितपुर, ६ मंसिर– ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको शौचालयबाट खसेर एक महिलाको मृत्यु भएको छ । ज्वरो आएपछि उपचारका लागि आएकी दोलखा घर भएकी ७८ वर्षीया ललिता खड्काको शनिबार बिहान एक तलामाथि अस्पतालको शौचालयबाट खसेर ज्यान गएको हो । निर्माणाधीन शौचालयभित्रबाट उनी खसेको अस्पताल...
काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री सशुील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री भेट्न प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा १८ औं सार्क शिखर सम्मेलन सफल पार्न आग्रह...
प्युठान, ६ मंसिर– प्यूठान जिल्लामा पछिल्लो तीन वर्षमा ८३ जना महिला तथा बालबालिका बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये २५ जना फेला परे पनि ५८ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घरायसी विवाद, बालविवाह, मदिरा र वैदेशिक रोजगारी नै...
एजेन्सी– विवादास्पद भारतीय धर्मगुरु बाबा रामपालको हरियाणास्थित सतलोक आश्रमबाट महिलाको गर्भ जाँच गर्ने सामग्री र हतियार बरामद भएको छ । रामपालको शयन कक्षबाट विभिन्न हतियार र गर्भ जाँच्ने उपकरण फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामपालको कोठाबाट तीन पेस्तोल, चारवटा राइफल तथा...
विराटनगर, ६ मंसिर– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको गाडीलाई अर्को गाडीले ठक्कर दिएको छ । विराटनगरबाट इटहरीतर्फ गइरहेको पण्डित सवार बा १ झ ९८९० नम्बरको गाडीलाई सोही दिशामा रहेको को १ च ७०६४ नम्बरको स्कार्पियो गाडीले आज बिहान ठक्कर दिएको हो । ठक्करबाट गाडी कुच्चिए...
काठमाण्डु, ६ मंसिर– कार्टर सेन्टरले नेपालका राजनीतिक नेतृत्वलाई संविधान लेखनका निम्ति सहमतिमा पुग्न आग्रह गरेको छ । संविधान जारी गर्ने मिति माघ ८ को समयसीमा नजिकिँदै गएका बेला राजनीतिक दलबीच ध्रुवीकरण बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै सेन्टरले सबै दललाई शान्ति प्रक्रियाको प्रारम्भ र संविधानसभा...
इलाम, ६ मंसिर– नेकपा एमाले इलामको नवौा जिल्ला अधिवेशनबाट अध्यक्षमा राम राना विजयी भएका छन् । नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रतिद्वन्द्वी गणेश बराललाई ६५ मतले पछि पार्दै राना अध्यक्षमा विजयी भएका हुन् । राना नेता माधवकुमार नेपाल र बराल ओली पक्षधर हुन् ।...
काठमाण्डु, ६ मंसिर– एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले राजीनमा दिनुपर्ने माग अघि सारेको छ । निधिका कारण कुटनीतिक रुपमा नेपालको अन्तर्राष्ट्रिय बेइज्जती भएको र सरकारमाथि समेत शंका उत्पन्न गराउने काम गरेकाले उनले राजीनामा दिनुपर्ने माग मोर्चाको...
काठमाण्डु, ६ मंसिर– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस–एमालेले आफूहरुको सहमतिबिना गणितीय आधारमा संविधान जारी गरे च्यातचुत पारेर फाल्ने बताएका छन् । २२ दलीय मोर्चाको आन्दोलन तयारीका सिलसिलामा भैरहवा पुगेका महतोले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै बहमुतले संविधान ल्याइए त्यही दिन जलाउने चेतावनी दिएका हुन्...
काठमाण्डु, ६ मंसिर– गृहमन्त्रालयले ५२ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरेको छ । गत साता बढुवा सिफारिस भएकोमा त्यसउपर कसैले पनि उजुरी नगरेपछि गृहले शुक्रबार बढुवा गरेको हो । बढुवा हुनेमा शैलेन्द्र रेग्मी, भाग्येन्द्रपुरुष ढकाल, अर्जुनकुमार श्रेष्ठ, यादवराज उप्रेती, समीरचन्द्र खरेल, डम्बरकुमार तामाङ, रामबहादुर केसी, अवधेश...