बासी खाना खुवाउने तीन होटलमा ताला

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ९:२७ मा प्रकाशित

चितवन, ६ मंसिर– चितवनको रामनगरस्थित तीन होटललाई गुणस्तरहीन खाना खुवाएको भन्दै सञ्चालनमा रोक लगाइएको छ ।
वाणिज्य विभागले अघिल्लो महिनामा गरेको राजमार्गका होटल अनुगमनमा यस्तो फेला पारेपछि सञ्चालनमा रोक लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले जानकारी दिए ।

उनका अनुसार सञ्चालनमा रोक लगाइएकामा गीताञ्जली, रक्षा र गङ्गालक्ष्मी होटल छन् ।

अन्यभन्दा गुणस्तरहीन खाना खुवाएको, यात्रुलाई महँगो शुल्क लिइएको, बासी खाना खुवाउने गरेको पाइएकाले ती होटल बन्द गरिएको विकले जानकारी दिए । मापदण्ड र कानुनी प्रक्रिया पूरा नभएसम्म चल्न नदिइने उनले बताए ।

अनुगमनमा क्रममा राजमार्ग क्षेत्रका अधिकांश होटल दर्ता नै नभई सञ्चालन भएको पाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us