काठमाण्डु, ७ मंसिर– नेपाल आयल निगमले यही साताभित्र फेरि पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । निगम सञ्चालक समितिको आज वा भोलि बस्ने बस्ने बैठकले मूल्य घटाउने सम्बन्धमा औपचारिक निर्णय लिनेछ । निगम श्रोतका अुनसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ घट्ने छ...
झापा, ७ मंसिर– सभासद् प्रेम गिरी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । जिल्लाको केर्खामा आयोजित कार्यक्रममा सहभागी भएर एमाले जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले चलाएको मे३प ८९६८ नम्बरको को मोटरसाइकल पछाडि बसेर घर फर्कदै गर्दा सतासीधाम–८ माइधारमा भैसीसँग ठोकिँदा गिरी र ढुङ्गेल दुवै...
काठमाण्डु, ७ मंसिर– साहित्यकार यज्ञनिधि दाहालले सबै नेपाली जातिलाई सम्बोधन हुने संविधान र सङ्घीयता हुनुपर्ने सुझाव दिएका छन् । आफ्नै निवास मण्डिखाटारमा दाहालले भने, ‘राज्यले सबै नेपाली जनतालाई सम्बोधन गर्नुपर्छ, बिपीका कतिपय भनाइमा यही कुरा पाइन्छ भने महाकवि देवकोटाले पनि साहित्यमा यही कुरा बोल्नुभएको...
भक्तपुर, ७ मंसिर– सरकारले सबै बेरोजगार युवालाई सीप दिएर दक्ष रोजगार बनाउने जानकारी दिएको छ । मध्यपुरथिमीस्थित एसएस कलेजको शनिबार आयोजित वार्षिकोत्सव कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले मन्त्रालयले बेरोजगार युवालाई सीप दिएर रोजगारीसमेत दिनसक्ने योजना बनाएको जानकारी दिए । कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष श्रीनारायण...
काठमाण्डु, ७ मंसिर– असन्तुष्ट सचिव नेक्रविक्रम चन्द ‘विप्लव’ पक्षले बहिस्कार गरेपछि शनिबार केहीबेर बसेर स्थगित भएको नेकपा–माओवादीको विस्तारित केन्द्रीय समिति बैठक आज बस्दैछ । मध्याह्न १२ बजे बुद्धनगरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक सदस्य तथा केन्द्रीय सल्लाहकार समितिका सदस्य सहभागी हुनेछन् ।...
काठमाण्डु, ७ मंसिर– कार्यस्थलमा यौनजन्य दुव्र्यवहार गर्नेलाई तीन महिना कैद हुने भएको छ । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यहार निवारणसम्बन्धी ऐनअनुसार कार्यस्थलमा कुनै यौनजन्य घटना भई अभियोग प्रमाणित भएमा कसुरदारलाई तीन महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने भएको हो । कार्यस्थलमा हुने यौनजन्य...
काठमाण्डु, ७ मंसिर– प्रमुख तीन दल संविधान निर्माणमा लामो समयदेखि देखिएको गतिरोध अन्त्य गर्दै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट संविधानसभामा प्रतिवेदन पठाउन सहमत भएका छन् । शनिबार दिनभरिको प्रयासपछि सभामुख सुवास नेम्वाङसहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा सबै दलले प्रस्तुत गरेको धारणा...
काठमाण्डु, ६ मंसिर– नेकपा माओवादीको संस्थापन पक्ष असन्तुष्ट सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित उनी पक्षधर नेता कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता लिन तयार भएको छ । अध्यक्ष मोहन वैद्य र सचिव चन्दीबीच शनिबार साँझ भएको गोप्य भेटमा वैद्यले चन्द र पोलिट्ब्युरो सदस्य खड्गबहादुर विकसँग केन्द्रीय...
रुपन्देही, ६ मंसिर– लुम्बिनी नजिकै रुपन्देहीको विष्णुपुरा–५ मा प्रहरी र हतियारधारी समूहबीच दोहोरो गोली हानाहान भएको छ । घटनामा प्रहरीले चलाएको गोली लागी एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक सर्फ राज रहेको प्रहरीले जनाएको छ । उनी भारतीय प्रहरीको मोस्ट...
काठमाण्डु, ६ मंसिर– राष्ट्रिय मानव अधिकार आयोगले विदेश गएका श्रीमानका कारण नेपालमा महिलाहरुले आत्महत्या गर्ने गरेको जनाएको छ । आयोग सदस्य मोहना अन्सारीका अनुसार विदेश गएका श्रीमानले श्रीमतीको चरित्रमा प्रश्न उठाउने गरेका कारण आत्महत्याका घटना बढेको बताइन् । आयोग टोलीले पूर्वका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु...
काठमाण्डु, ६ मंसिर– अफगानिस्तानको जलालावादमा तालिवान विद्रोहीको आक्रमणमा एक नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ४२ वर्षीय निरञ्जन तामाङ छन् । ग्रिन भिलेजस्थित एक होटलमा सुरक्षागार्डका रुपमा कार्यरत उनको नेपालस्थित ठेगाना नुवाकोटको विदुर नगरपालिका बाघटार भएको बताइएको छ । उनको शव यसै साता...
विराटनगर, ६ कात्तिक– सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ७० हजार सरकारी कर्मचारीमध्ये २८ हजारले निजी क्षेत्रमा दोहोरो काम गरिरहेको बताएका छन् । एमाले जिल्ला कमिटीले शनिबार मोरङमा गरेको कार्यक्रममा उनले सरकारको तलब भत्ता खाएर निजी क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए ।...