तालिवान आक्रमणमा नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते १४:१७ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– अफगानिस्तानको जलालावादमा तालिवान विद्रोहीको आक्रमणमा एक नेपालीको ज्यान गएको छ ।
मृत्यु हुनेमा ४२ वर्षीय निरञ्जन तामाङ छन् ।

ग्रिन भिलेजस्थित एक होटलमा सुरक्षागार्डका रुपमा कार्यरत उनको नेपालस्थित ठेगाना नुवाकोटको विदुर नगरपालिका बाघटार भएको बताइएको छ ।

उनको शव यसै साता नेपपाल ल्याउने तयारी भएको पारिवारिक श्रोतले जनाएको छ । घटनामा अन्य दुई नेपाली घाइते भएका छन् । सामान्य घाइते उनीहरु उपचारपछि काममा फर्किइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us