भक्तपुर, ७ मंसिर– सरकारले सबै बेरोजगार युवालाई सीप दिएर दक्ष रोजगार बनाउने जानकारी दिएको छ ।
मध्यपुरथिमीस्थित एसएस कलेजको शनिबार आयोजित वार्षिकोत्सव कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले मन्त्रालयले बेरोजगार युवालाई सीप दिएर रोजगारीसमेत दिनसक्ने योजना बनाएको जानकारी दिए ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष श्रीनारायण यादव, सहायक जिल्ला शिक्षा अधिकारी गोविन्दराज सेढाईँ, मध्यपुर नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठलगायतले भक्तपुर शिक्षाको क्षेत्रमा निकै अगाडि पुगेको बताए ।
सो अवसरमा कलेजमा पाँच वर्ष योगदान दिने शिक्षकलाई सम्मान गरिनाका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । रासस