चौथोपटक पेट्रोलियमको मूल्य घट्दै

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते ३:२९ मा प्रकाशित

petrolकाठमाण्डु, ७ मंसिर– नेपाल आयल निगमले यही साताभित्र फेरि पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ ।

निगम सञ्चालक समितिको आज वा भोलि बस्ने बस्ने बैठकले मूल्य घटाउने सम्बन्धमा औपचारिक निर्णय लिनेछ ।

निगम श्रोतका अुनसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ घट्ने छ । हाल बजारमा पेट्रोलको मूल्य १ सय २८ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसा छ ।

निगमले भारतीय आयल कर्पोरेशन ‘आइओसी’ ले पढाउने मूल्य सूचीका आधारमा मूल्य निर्धारण गर्ने गरिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको गिरावटसँगै स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम मूल्य समायोजन गर्न लागिएको निगमका एक अधिकारीले जानकारी दिए ।

स्वचालित मूल्य प्रणालीअनुसार अघिल्लो साता नै पेट्रोलियम पदार्थको मूल्य घट्नुपर्ने भए पनि सञ्चालक समिति बैठक बस्न ढिलाइ भएका कारण समायोजन ढिलो हुन लागेको हो ।

निगम प्रवक्ता मुकुन्द घिमिरेले सञ्चालक समिति बैठक बस्न नसक्दा मूल्य समायोजन हुन नसकेको बताउँदै छिट्टै बैठक बस्ने तयारी भएको जानकारी दिए ।

स्वचालित मूल्य प्रणाली लागू भएपछि पछिल्लो डेढ महिनामा तीनपटक पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us