सार्कका पाहुनालाई देखाउन दलहरुबीच सहमति

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते १:१९ मा प्रकाशित

Prachanda-Sushil-Koirala-and-kp oliकाठमाण्डु, ७ मंसिर– प्रमुख तीन दल संविधान निर्माणमा लामो समयदेखि देखिएको गतिरोध अन्त्य गर्दै संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट संविधानसभामा प्रतिवेदन पठाउन सहमत भएका छन् ।

शनिबार दिनभरिको प्रयासपछि सभामुख सुवास नेम्वाङसहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा सबै दलले प्रस्तुत गरेको धारणा समेटिएको प्रतिवेदन संविधानसभामा पठाउने सहमति भएको हो ।

सार्कका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी सम्मेलनको संघारमा सकारात्मक सन्देश दिने गरी सभामा प्रतिवेदन पठाएर संविधान निर्माणमा देखिएको गतिरोध तोड्न प्रमुख तीन दल सहमत भएका हुन् ।

सहमतिसँगै संविधान निर्माणमा दलहरुबीच बढ्दो दूरी, अविश्वास र तनाव तत्कालका लागि अन्त्य भएको छ ।

संवाद समितिमा सत्तारुढ काँग्रेस र एमालले संघीयताको सन्दर्भमा सात प्रदेशसहितको साझा मत प्रस्तुत गरेपछि एकीकृत माओवादी नेतृत्वको २० दलीय मोर्चासँग तनाव बढेको थियो ।
राजनधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us