भैंसीमा मोटरसाइकल ठोक्किँदा सभासद् गिरी घाइते

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते ३:११ मा प्रकाशित

झापा, ७ मंसिर– सभासद् प्रेम गिरी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

जिल्लाको केर्खामा आयोजित कार्यक्रममा सहभागी भएर एमाले जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले चलाएको मे३प ८९६८ नम्बरको को मोटरसाइकल पछाडि बसेर घर फर्कदै गर्दा  सतासीधाम–८ माइधारमा भैसीसँग ठोकिँदा गिरी र ढुङ्गेल दुवै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us