जाजरकोट, ७ मंसिर– जाजरकोटको भुर गाविसबाट भेरी नदीमा बस खस्दा हराइरहेका थप ४२ जनाको शव आइतबार नदीबाट निकालिएको छ । योसँगै उक्त दुर्घटानमा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । गोताखोर र सुरक्षाकर्मीले आइतबार दिनभर पनि खोजी कार्य जारी राखे । उनीहरु चार दिनदेखि...
काठमाण्डु, ७ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २२ दलीय मोर्चामा फुट ल्याउन काँग्रेस–एमालेले हुँदै नभएको सहमतिबारे अनावश्यक हल्ला चलाएको भन्दै आश्चर्य प्रकट गरेका छन् । यसअघि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति...
काठमाण्डु, ७ मंसिर– भारतमा प्रधानमन्त्री पदमा आउनुअघि नै चर्चाको केन्द्रमा रहेका नरेन्द्र मोदी अहिले पनि हल्लाखल्लामा सबैभन्दा अगाडि छन् । उनी मिडियामा जति लोकप्रिय भनेर प्रचारित छन्, त्यति नै विवादास्पद व्यवहारका कारण पनि चर्चामै हुन्छन् । सार्कको अठारौं सम्मेलनका अवसरमा नेपाल आउँदा जनकपुर, लुम्बिनी...
मिथिला नगरी जनकपुर अहिले चर्चाको केन्द्रमा छ । सार्क सम्मेलनको तयारी काठमाण्डुमा ‘फेसन शो’को स्तरमा चलिरहँदा मोदी भ्रमणको कम्पन भने जनकपुरमा महसुस भइरहेको छ । जनकपुरसहित मुक्तिनाथ र लुम्बिनीको धार्मिक भ्रमण गर्ने मोदीको चाहनालाई नेपाल सरकारले अनुमोदन गरेपछि यो कम्पन सुरु भएको थियो ।...
काठमाण्डु, ७ मंसिर – आफ्नै सहपाठीको अश्लील भिडियो र फोटोलाई वेभसाइटमा राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै महिला साथीको अश्लील भिडियो अश्लील वेभसाइटमा राखेर चरित्र हत्या गर्न खोज्ने निरज शाक्यलाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डु महानगरपालिका क्षेत्रपाटी बस्ने २७ वर्षीय शाक्यले...
नेपालगन्ज ७ मसिंर – हिन्दु राष्ट्र घोषणाको माग गर्दै नेपाल शिव सेना बाँकेले आज नेपालगञ्जमा मोटरसाइकल जुलुस निकालेको छ । माघ ८ मा जारी हुन गइरहेको संविधानमा हिन्दु राष्ट्र घोषणा गर्न दबाब दिन जुलुस निकालिएको हो । नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सुरु भएको जुलस न्युरोड...
काठमाण्डु, ७ मंसिर – राप्रपा नेपालमा प्रभावशाली मानिने नेता पद्मसुन्दर लावतीले अध्यक्ष कमल थापाकाे राजीनामा मागेका छन् । पार्टीभित्र असन्तुष्ट समूहले अाइतबार गरेकाे पत्रकार सम्मेलनमा लावतीले अध्यक्ष थापालाई राजिनामा दिन २१ दिने अल्टिमेटम समेत दिएका छन् । लावतीको संयोजकत्वको राप्रपा नेपाल सुदृढीकरण अभियानअन्तर्गतकाे शुक्रबार...
इलाम, ७ मंसिर– पूर्वी इलामको पशुपतिनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत चार महिनादेखि डाक्टर नहुँदा उपचारका लागि आएका बिरामी मर्कामा परेका छन् । एमबिबिएस डाक्टरको दरबन्दी रहेको यस प्राथमिक स्वास्थ्य केन्द्रमा गत असार १६ गते आएका डा. विराजकुमार शाह महिनादिन नबित्दै अध्ययनका लागि भनेर...
काठमाण्डु, ७ मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक बस्नै नपाई स्थगित भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताबीच शनिबार साँझ भएको छलफलपछि समितिको बैठक आइतबार बिहान बस्ने सहमति भएको थियो । बैठकमा सहभागी हुन समितिका...
काठमाण्डु, ७ मंसिर – भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे लुम्बिनी अागमन स्थगित भए पनि श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष लुम्बिनी जाने पक्का भएको छ । बौद्ध धर्मका अनुयायी समेत रहेका राजापाक्ष अठारौँ सार्क सम्मेलनको पूर्व सन्ध्यामा लुम्बिनी आउने भएपछि स्थानीय प्रशासनले स्वागतको तयारी पूरा गरेको छ...
काठमाण्डु, ७ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाण्डु बाहिरका लागि तय गरिएको पूर्वनिर्धाति भ्रमण रद्द भएको पुष्टि भएको छ । मोदी भ्रमणबारे सरकारका मन्त्रीहरुबीचमै फरक–फरक धारणा आइरहेका बेला एक भारतीय पक्षले मोदी भ्रमण रद्द भएको पुष्टि गरेको हो । सार्क सम्मेलनमा आउने क्रममा मोदीले...
काठमाण्डु, ७ मंसिर– आगामी बुधबार र बिहीबार काठमाण्डुमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औं शिखर सम्मेलनमा भाग लिन आउने सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखका प्रथम महिलालाई भक्तपुर दरबार क्षेत्र घुमाइने भएको छ । सार्कका विशिष्ट पाहुना प्रथम महिलालाई बिहीबार...