
जाजरकोट, ७ मंसिर– जाजरकोटको भुर गाविसबाट भेरी नदीमा बस खस्दा हराइरहेका थप ४२ जनाको शव आइतबार नदीबाट निकालिएको छ ।
योसँगै उक्त दुर्घटानमा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । गोताखोर र सुरक्षाकर्मीले आइतबार दिनभर पनि खोजी कार्य जारी राखे ।
उनीहरु चार दिनदेखि हराएका यात्रुको खोजीमा जुटेका छन् । नदीमा डुेबको बस अझै बाहिर निकाल्न सकिएको छैन ।
जाजरकोटको खलंगाबाट सुर्खेतका लागि छटेको खा ३ ख १४०८ नम्बरको बस चार दिनअघि छिञ्चु–जाजरकोट सडक खण्डअन्तर्गत जाजरकोटको भुर गाविसबाट भेरी नदीमा खसेको थियो ।
अझै करिब जर्दन बढी यात्रु हराइरहेको आशंका गरिएको छ ।