साथीको अश्लील भिडियो अपलोड गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते ९:५८ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर – आफ्नै सहपाठीको अश्लील भिडियो र फोटोलाई वेभसाइटमा राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै महिला साथीको अश्लील भिडियो अश्लील वेभसाइटमा राखेर चरित्र हत्या गर्न खोज्ने निरज शाक्यलाई प्रहरीले पक्राउ गरेको हो । काठमाण्डु महानगरपालिका क्षेत्रपाटी बस्ने २७ वर्षीय शाक्यले आफ्नै साथीको अश्लील भिडियो वेभसाइटमा राखेका थिए ।

शाक्यलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले मंसिर ५ गते पक्राउ गरेको हो ।

अहिले उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आवश्यक कारवाही गर्न महानगरीय प्रहरी परिसर काठमाण्डुमा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us