समाचार

धर्मगुरुकी श्रीमतीलाई मुखमा कपडा कोचेर बलात्कार

२०७१ मंसिर ८ गते २:४५

रौतहट, ८ मंसिर– रौतहटको बैरिया– ५ मा एक विवाहित महिला बलात्कृत भएकी छन् । उनलाई लालबकैया नदीको बाँध छेउमा स्थानीय २७ वर्षीय शेख मोविनले लछारपछार गरी बालात्कार गरेको प्रहरीले जनाएको छ । खेतमा काम गर्न जाँदै गरेका बेला छोपी पूर्वगाविस अध्यक्षका कान्छा छोरा मोविनले...

आज बिजोर नम्बरका गाडी चलाए कारबाही

२०७१ मंसिर ८ गते २:२७

काठमाण्डु, ८ कात्तिक– काठमाण्डु उपत्यकाका सडकामा आज जोर नम्बरका सार्वजनिक तथा निजी सवारी मात्र चलेका छन् । जोर नम्बरका मात्र गाडी चलेका कारण सडकमा सवारी चाप कम छ । सरकारले सार्क शिखर सम्मेलनका क्रममा आजदेखि पाँच उपत्यकामा ट्राफिक व्यवस्थापन सहज बनाउन सरकारीबाहेकका सवारी साधन...

अयोध्याबाट तीन सय जन्ती आउँदै

२०७१ मंसिर ८ गते २:०८

काठमाण्डु, ८ मंसिर– रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आज ठूलो संख्यामा जन्ती जनकपुर आउने भएका छन् । साढे ३ सयको संख्यामा आउने जन्तीलाई महोत्तरीको मटिहानीबाट गाजाबाजाका साथ जनकपुर ल्याउने गरिन्छ । गत मंसिर १ बाट अयोध्याबाट जनकपुरका लागि जन्ती प्रस्थान गरिसकेको...

सार्क मुलुकका परराष्ट्रमन्त्री आज आउँदै

२०७१ मंसिर ८ गते २:०२

काठमाण्डु, ८ मंसिर– आगामी बुधबार र बिहीबार हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औँ शिखर सम्मेलनमा भाग लिन सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिलामन्त्रीहरू आज काठमाण्डुमा आउँदै छन् । १८ औँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार हुने सार्क मन्त्रिपरिषद्को ३६ औँ बैठकमा सहभागी हुन सार्कका...

रमेश खरेल भन्छन्, ‘प्रहरीमा नराम्राहरुको बहुमत छ’

२०७१ मंसिर ७ गते १६:१५

काठमाण्डु, ७ कात्तिक– एसएसपी रमेश खरेलले प्रहरी संगठनमा नराम्राहरुको बहुमत रहेको बताएका छन् । बिबिसीको साझा सवाल कार्यक्रममा आइतबार राति खरेलले खराब प्रहरी सच्याउनका लागि सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरे । ‘हाम्रो प्रहरीमा नराम्रा मान्छेको मेजरिटी छ’, कार्यक्रममा सहभागीहरुतर्फ लक्षित गर्दै उनले भने, ‘राम्रो...

बृद्धाको आँखामा पट्टी बाँधेर सिक्री लुटियो

२०७१ मंसिर ७ गते १६:०५

दमौली, ७ मंसिर– व्यास–२ दमौलीस्थित हर्कमान श्रेष्ठकी ७१ वर्षीया आमा सेतीमाया श्रेष्ठले गलामा लगाएको छ तोलाको सुनको सिक्री एक अपरिचित महिलाले आइतबार साँझ लुटेर फरार भएकी छन् । आफ्नै घरको दोस्रो तलामा एक्लै बसेर तरकारी केलाइरहेकी श्रेष्ठले लगाएको उक्त सुनको सिक्री ती अपरिचित महिलाले...

हाक्किमले बिदा नदिँदा समयमै उपचार नपाएर कर्मचारीको ज्यान गयो

२०७१ मंसिर ७ गते १५:३१

मुगु, ७ मंसिर– बिरामी कर्मचारीको हाक्किमले समयमै बिदा नदिँदा उपचार अभावमा ज्यान गएको छ । हाक्किमले उपचारका लागि बिदा नदिएका कारण समयमै उपचार नपाउँदा नेपाल विद्युत प्राधिकरण गमगाढ साना जलविद्युत वितरण केन्द्रका कार्यालय सहयोगी जुम्ला घर भएका ४० वर्षीय परेलाल बुढाको ज्यान गएको हो...

डन आरोपमा युवासंघ नगर अध्यक्ष पक्राउ

२०७१ मंसिर ७ गते १५:०७

चितवन, ७ कात्तिक– प्रहरीले गुण्डा गर्दीमा संलग्न रहेको आरोपमा एमाले सम्वद्ध युवा संघ भरतपुर नगर कमिटी अध्यक्ष सुशील केसीलाई पक्राउ गरेको छ । केसीलाई भरतपुरस्थित क्यान्सर अस्पताल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केसीसँगै युवासंघ भरतपुर नगर कमिटी सदस्य सुरज...

गस्तीमा गएको प्रहरी कुटेर प्रहरीकै मोटरसाइकलमा भागे तस्कर

२०७१ मंसिर ७ गते १४:४२

रौतहट, ७ मंसिर– गस्तीमा गएको वन रक्षकलाई काठ तस्करहरुले नियन्त्रणमा लिएर यातना दिएका छन् । तस्करहरूले गस्तीमा गएको प्रहरीलाई कुटपिट गरी उनीहरुले प्रयोग गरेको मोटरसाइकल लिएर हिंडेका छन् । जिल्ला वन कार्यालय रौतहटका प्रमुख बाबुराम भण्डारीले तस्करहरुले कुटपिट गर्नुका साथै वन रक्षकको मोटरसाइकल लिएर...

बैठक रोकेर भट्टराई टुल्के हेर्न फिल्म हलमा

२०७१ मंसिर ७ गते १४:२४

काठमाण्डु, ७ कात्तिक– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई समिति बैठक स्थगित गरी फिल्म हेरेका छन् । दलहरुबीच संविधानका विवादमा कुरा नमिलेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरी भट्टराई फिल्म हेर्न हलमा पुगेका छन् । विवादकै कारण एक सातासम्म स्थगित भएको बैठक आइतबार...

हाम्रो कारणले मोदी भ्रमण रद्द भएको होइन: सरकार

२०७१ मंसिर ७ गते १४:०६

काठमाण्डु, ७ मंसिर– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाण्डुबाहिरको धार्मिक भ्रमण रद्द हुनुमा नेपालको कुनै दोष नरहेको दाबी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मोदी भ्रमण भारतकै आन्तरिक कारणले रद्द भएको बताएको हो । भारतीय विदेश मन्त्रालयले आइतबारै सार्क सम्मेलनमा सहभागी...

वैद्यले चन्दलाई भने, ‘विधि, प्रक्रिया र अनुशासन नमान्ने भए पार्टी छाड्नुस’

२०७१ मंसिर ७ गते १३:५२

काठमाण्डु, ७ मंसिर– नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य ‘किरण’ ले विधि र पद्दती नमान्ने भए पार्टी छाडेर जान सचिव नेक्रविक्रम चन्दलाई चेतावनी दिएका छन् । नेवा: राज्य समिति कार्यालय कुपण्डोलमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा आइतबार राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष वैद्यले पार्टीमा बस्न मन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us