बैठक रोकेर भट्टराई टुल्के हेर्न फिल्म हलमा

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते १४:२४ मा प्रकाशित

baburamकाठमाण्डु, ७ कात्तिक– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई समिति बैठक स्थगित गरी फिल्म हेरेका छन् ।

दलहरुबीच संविधानका विवादमा कुरा नमिलेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरी भट्टराई फिल्म हेर्न हलमा पुगेका छन् ।

विवादकै कारण एक सातासम्म स्थगित भएको बैठक आइतबार बसेको थियो । बैठक स्थगित भएलगत्तै भट्टराई फिल्म हेर्न चावहिलस्थित गोपीकृष्ण हल पुगेका थिए ।

उनले चलचित्र टलकजंग भर्सेस टुल्के हेरेका थिए । फिल्म हेर्न जानुअघि उनले संविधान निर्माण प्रक्रियालाई ‘सार्क माछा’ ले खाने भएकाले आफू फिल्म हेर्न हलतर्फ लागेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘व्यस्त जीवनको शुष्कता छल्न र टलकजंग/टुल्केको रोचक जीवनी पढ्न गोपीकृष्णतिर हान्निदै  । संविधान त केही दिन SAARC( Shark? ) ले जो खाने नै भयो  !

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us