गस्तीमा गएको प्रहरी कुटेर प्रहरीकै मोटरसाइकलमा भागे तस्कर

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते १४:४२ मा प्रकाशित

रौतहट, ७ मंसिर– गस्तीमा गएको वन रक्षकलाई काठ तस्करहरुले नियन्त्रणमा लिएर यातना दिएका छन् ।

तस्करहरूले गस्तीमा गएको प्रहरीलाई कुटपिट गरी उनीहरुले प्रयोग गरेको मोटरसाइकल लिएर हिंडेका छन् ।

जिल्ला वन कार्यालय रौतहटका प्रमुख बाबुराम भण्डारीले तस्करहरुले कुटपिट गर्नुका साथै वन रक्षकको मोटरसाइकल लिएर गएको जानकारी दिए ।

तस्करहरुले काठको गोलिया ल्याइरहेको सूचनाका आधारमा गस्ती गएका शसस्त्र वन रक्षकका जम्दार  विनोद श्रेष्ठ र अर्का वन रक्षकमाथि तस्करले आक्रमण गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us