काठमाण्डु, ८ मंसिर– भारतीय विदेशमन्त्री सुष्मा स्वँराजले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा हुने भनिएको धार्मिक भ्रमण नेपालका कारण नभई आफूहरुकै कारण रद्द भएको बताएकी छन् । दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं सम्मेलनमा सहभागी हुन सोमबार काठमाण्डु आइपुगेकी स्वँराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा...
काठमाण्डु, ८ मंसिर– एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले नेपालस्थित विभिन्न देशका राजदूत भेला गरी सत्तारुढ काँग्रेस–एमाले विगतमा विभिन्न समयमा भएका लिखित सम्झौता र प्रतिबद्धताबाट पछि हटेका कारण संविधान निर्माण प्रक्रिया अप्ठेरोमा परेको आरोप लगाएको छ । मेर्चाले सोमबार राजधानीमा राजदूतहरुलाई बोलाएर संविधान निर्माण...
काठमाण्डु, ८ मंसिर– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले स्वचालिक मूल्य प्रणालीका आधारमा मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलमा दुई रुपैयाँका दरले मूल्य...
काठमाण्डु, ८ मंसिर– नेकपा–माओवादी संस्थापन पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनु अघिल्लो दिन आफ्नो पार्टी विभाजित हुनुलाई संयोग मात्रै मान्न नसकिने निष्कर्ष निकालेको छ । सचिव नेक्रविक्रम चन्दले सम्बन्ध विच्छेदको पत्र बुझाएर बाहिरिएपछि सोमबार जनवर्गीय संगठनको कार्यालय कुपण्डोलमा बसेको केन्द्रीय समितिको विस्तारित...
काठमाण्डु, ८ मंसिर–नेपालका माओवादीहरुले ८ मंसिरलाई आफ्नो इतिहासको गौरवपूर्ण दिनका अवसरमा स्मरण गर्ने गरेका छन् । सरकारसँग पहिलो वार्ता भंगको घोषणा गर्दै माओवादीले ८ मंसिर २०५८ मा पहिलोपटक तत्कालिन शाही सेनामाथि हमला गरेको थियो । माओवादीले दाङको घोराहीमा रहेको सैनिक ब्यारेक कब्जा गरी त्यहाँ...
काठमाण्डु, ८ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनका दौरान राजधानीबाहिर गर्ने भनिएको धार्मिक भ्रमण स्थगित भएकमा काँग्रेस नेता खुमबहादुर खड्का दु:खी भएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै खड्काले मोदी भ्रमण स्थगित भएकामा आफू स्तब्ध र दु:खी भएको बताएका हुन् । विज्ञप्तिमा खड्काले...
काठमाण्डु, ८ मंसिर– राजद्रोहको मुद्दा खेपिरहेका डा. सीके राउत धरौटीमा छुटेका छन् । मधेसलाई नेपालबाट अलग गराउने अभियानमा लागेको आरोपमा पक्राउ परेका उनी ५० हजार धरौटी बुझाएर सोमबार रिहा भएका हुन् । उनलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनले धरौटी...
काठमाण्डु, ८ मंसिर– पुष्पलाल स्मृति प्रतिष्ठानको साेमबार भएकाे साधरण सभाबाट पुनः एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्षमा चुनिएका छन् । नेता नेपाल यसअघि पनि प्रतिष्ठानका अध्यक्ष थिए । नेपालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति गठन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्षमा लक्ष्मीभक्त...
काठमाण्डु, ८ मंसिर– मृत घोषित व्यक्तिको मुटुलाई दोस्रो व्यक्तिमा सफल प्रत्यारोपण गरी चर्चाको शिखरमा पुग्नुभएका मुटुरोग विशेषज्ञ डा कुमुद धिताललाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नेपाल र नेपालीका तर्फबाट बधाई दिएका छन् । मन्त्री अधिकारीले आफ्नै कार्यकक्षमा डा. धिताललाई माला लगाएर बधाई दिँदै भने,...
काठमाण्डु, ८ मंसिर– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार पार्टी अध्यक्ष मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । उनले वक्तव्य जारी गरी केन्द्रीय समितिको पूर्ण बैठक बहिष्कार समेत गरेका हुन् । विप्लवको वक्तव्यको पूर्ण पाठ यस्तो छ, जस्ताको तस्तै : ————- हाम्रो...
काठमाण्डु, ८ मंसिर– नेकपा-माअाेवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी अध्यक्ष माेहन वैद्यलाई ‘सम्बन्ध विच्छेद’को पत्र दिएर पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् । अाइतबारदेखि नेवा राज्य समितिकाे कार्यालयमा चलिरहेकाे बैठक विप्लव समूहले बहिष्कार गरेकाे हाे । अाइतबार अध्यक्ष वैद्यले ‘अनुशासन पालना नगर्नेहरु पार्टी...
काठमाण्डु, ८ मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले दलहरुबीच सहमति नभएसम्म समितिमा उत्पन्न गतिरोध जारी रहने बताएका छन् । एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले प्रक्रिया वा अन्तरवस्तुमध्ये एकमा सहमति नभई आफूले हस्ताक्षर गर्नै नमिल्ने बताए...