
काठमाण्डु, ८ मंसिर– राजद्रोहको मुद्दा खेपिरहेका डा. सीके राउत धरौटीमा छुटेका छन् ।
मधेसलाई नेपालबाट अलग गराउने अभियानमा लागेको आरोपमा पक्राउ परेका उनी ५० हजार धरौटी बुझाएर सोमबार रिहा भएका हुन् ।
उनलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनले धरौटी रकम बुझाउन इन्कार गरेपछि कारागार चलान गरिएको थियो । राउतलाई डिल्लीबजारस्थित सदरखोर कारागारमा राखिएको थियो ।
उनले तराईलाई नेपालबाट अलग गराउुनपर्ने भन्दै अभियान चलाएका थिए ।