
काठमाण्डु, ८ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनका दौरान राजधानीबाहिर गर्ने भनिएको धार्मिक भ्रमण स्थगित भएकमा काँग्रेस नेता खुमबहादुर खड्का दु:खी भएका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै खड्काले मोदी भ्रमण स्थगित भएकामा आफू स्तब्ध र दु:खी भएको बताएका हुन् । विज्ञप्तिमा खड्काले उक्त प्रकरणबाट नेपालको कुटनीतिक क्षमता र परिपक्वतामा प्रश्न खडा भएको उल्लेख गर्दै घटनालाई लज्जास्पद र निन्दनीय भनेका छन् ।
गरेका छन् । भारतीय प्ररराष्ट्र मन्त्रालयले आइतबार आन्तरिक कारण दर्शाउँदै मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएको जनाएको थियो ।
‘मोदीको धार्मिकस्थलहरुको भ्रमण हुँदा ती क्षेत्रको महिमा बढ्ने, तीर्थस्थलको अन्तर्राष्ट्रियकरण भई पर्यटन व्यवसायमा समेत परिणामदायी सकारात्मक प्रभाव पर्ने हाम्रो विश्वास थियो’, खड्काले भनेका छन्, ‘अनायासै धार्मिकस्थलहरूको भ्रमण स्थगित हुनुले हामीलाई चिन्तित तुल्याएको मात्र छैन, नेपालको कुटनीतिक क्षमता र परिपक्वतामाथि पनि गम्भीर प्रश्न उठाएको छ ।’
खड्काले मोदीको धार्मिक भ्रमण रद्द भएकामा आम नेपाली असन्तुष्ट बनेको दाबी गरेका छन् । मोदी भ्रमण स्थगित भएसँगै सरकारको संकीर्ण सोचको उजागर भएको आरोप पनि उनले लगाएका छन् । खड्काले उक्त घटनाले दुई देशबीचको सम्बन्ध सवलीकरणका विरोधीmाई फाइदा पुगेको ठहर आफूले गरेको बताए ।