पुष्पलाल प्रतिष्ठानमा फेरि माधव नेपाल

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– पुष्पलाल स्मृति प्रतिष्ठानको साेमबार भएकाे साधरण सभाबाट पुनः एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्षमा चुनिएका छन् । नेता नेपाल यसअघि पनि प्रतिष्ठानका अध्यक्ष थिए ।

नेपालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति गठन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्षमा  लक्ष्मीभक्त उपाध्याय, उपाध्यक्षद्वयमा. लोककृष्ण भट्टराई र  विजयलाल श्रेष्ठ चुनिएका छन् ।

makune
त्यसैगरी सचिवमा गङ्गालाल तुलाधर, कोषाध्यक्षमा मोहन केसी. र सदस्यमा अलिअख्तर मिकरानी, उमेशलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेश पण्डित, गायत्री आचार्य नेपाल, नागेन्द्र चौधरी, बटुकृष्ण थापा, बद्री बुढाथोकी, वेदुराम भुसाल, भानुभक्त ढकाल, रत्न महर्जन, विष्णु रिजाल, सानुकुमार श्रेष्ठ, सावित्री भट्टराई र  सुरेश कार्की चयन भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us