मेरो हात नियमावलीले बाँधेको छः भट्टराई

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले दलहरुबीच baburamसहमति नभएसम्म समितिमा उत्पन्न गतिरोध जारी रहने बताएका छन् ।

एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले प्रक्रिया वा अन्तरवस्तुमध्ये एकमा सहमति नभई आफूले हस्ताक्षर गर्नै नमिल्ने बताए ।

उनले आफ्नो हात नियमावलीले बा“धेकाले नियमावलीको व्यवस्थाविपरीत सत्तारुढ काँग्रेस–एमोलले अघि सारेको सात प्रदेशको प्रस्ताव संविधानसभामा पठाउन नसक्ने प्रष्टयाए ।

‘काँग्रेस–एमाले लगायतका दलहरुले ल्याएको प्रस्ताव अघि बढाउन सक्दिन’, भट्टराईले भने, ‘मेरो हात नियमावलीले बाँधेको छ, अन्तरवस्तु वा प्रक्रियामध्ये एकमा दलहरुबीच सहमति नभएसम्म मैले हस्ताक्षर गर्न मिल्दैन ।’

उनले कार्यविधिको व्याख्या संविधानसभा अध्यक्षले गर्ने भन्दै गतिरोध तोड्ने उपाय संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिनुपर्ने उल्लेख गरे ।

विकल्पका बारेमा आफूले सभाध्यक्ष नेम्वाङस“ग परामर्श गरेको पनि जानकारी दिए ।

दलहरुबीच सहमति भए तत्काल समिति बैठक बोलाएर अवरुद्ध संविधान निर्माण प्रक्रियालाई गति दिन आफू तयार रहेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us