चौथोपटक पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते १३:५० मा प्रकाशित

petrolकाठमाण्डु, ८ मंसिर– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले स्वचालिक मूल्य प्रणालीका आधारमा मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलमा दुई रुपैयाँका दरले मूल्य घटाएको छ ।

मूल्य घटेसँगै ग्राहकले पेट्रोल प्रतिलिटर १ सय २५ रुपैयाँ ५० पैसा र मट्टितेल तथा डिजेल ९९ रुपैयाँ ५० पैसामा पाउने छन् ।

यसअघि पेट्रोल प्रतिलिटर १ सय २८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य एक सय १ रुपैयाँ ५० पैसा थियो ।

भारतीय आयल कर्पोरेशन ‘आइओसी’ ले पढाउने मूल्य सूचीका आधारमा हरेका दुई सातामा एकपटक मूल्य निर्धारण हुने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको गिरावटसँगै स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम मूल्य समायोजन गरिएको निगम प्रवक्ता प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

अघिल्लो साता नै पेट्रोलियम पदार्थको मूल्य घट्नुपर्ने भए पनि सञ्चालक समिति बैठक बस्न ढिलाइ भएका कारण समायोजन ढिलो भएको हो ।
स्वचालित मूल्य प्रणाली लागू भएपछि पछिल्लो डेढ महिनामा चारपटक पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us