
काठमाण्डु, ८ मंसिर– रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आज ठूलो संख्यामा जन्ती जनकपुर आउने भएका छन् ।
साढे ३ सयको संख्यामा आउने जन्तीलाई महोत्तरीको मटिहानीबाट गाजाबाजाका साथ जनकपुर ल्याउने गरिन्छ । गत मंसिर १ बाट अयोध्याबाट जनकपुरका लागि जन्ती प्रस्थान गरिसकेको छ ।
जन्तीलाइ जनकपुरमा विशेष स्वागत गरिन्छ । जन्तीको स्वागतका लागि जनकपुरमा विशेष तयारी भइरहेको छ । जन्ती आएपछि जनकपुर नगर परिक्रमा गराइन्छ । त्
रेता युगमा जनकपुर आउन भगवान रामले जुन बाटो प्रयोग गरेका थिए, त्यही बाटोबाट जन्ती आउने चलन छ ।