रमेश खरेल भन्छन्, ‘प्रहरीमा नराम्राहरुको बहुमत छ’

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते १६:१५ मा प्रकाशित

ramesh Kharelकाठमाण्डु, ७ कात्तिक– एसएसपी रमेश खरेलले प्रहरी संगठनमा नराम्राहरुको बहुमत रहेको बताएका छन् ।

बिबिसीको साझा सवाल कार्यक्रममा आइतबार राति खरेलले खराब प्रहरी सच्याउनका लागि सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरे ।

‘हाम्रो प्रहरीमा नराम्रा मान्छेको मेजरिटी छ’, कार्यक्रममा सहभागीहरुतर्फ लक्षित गर्दै उनले भने, ‘राम्रो मान्छेको मेजरिटी गर्न तपाईंहरुले  सहयोग गर्नुपर्छ ।’
उनले प्रहरी अधिकृत भएर आफूले कहिल्यै पदीय हैसियतको दुरुपयोग नगरेको दाबी गरे ।

एकपटक ब्लुबुक नलिई गाडी लिएर हिंडेका बेला प्रहरी चेकिङमा परेको चर्चा गर्दै उनले आफूले गल्ती महसुस गर्दै जरिवाना तिरेको सुनाए ।

उनले प्रहरीको बिल्ला लगाएर नराम्रा काम गर्नेहरुमाथि कारबाही हुने भन्दै रिपोर्ट गर्न आग्रह गरे ।

यसअघि खरेल सञ्चार माध्यममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै विभागीय कारबाहीमा परेका थिए ।

उनले प्रहरीका डिआईजीहरु ब्ढुवाका लागि ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउने गरेको अभिव्यक्ति लिएपछि काठमाण्डु प्रखुशबाट हटाइएका थिए ।
हाल उनी चितवनको भरतपुरस्थित तालिम केन्द्रमा कार्यरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us