बृद्धाको आँखामा पट्टी बाँधेर सिक्री लुटियो

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते १६:०५ मा प्रकाशित

दमौली, ७ मंसिर– व्यास–२ दमौलीस्थित हर्कमान श्रेष्ठकी ७१ वर्षीया आमा सेतीमाया श्रेष्ठले गलामा लगाएको छ तोलाको सुनको सिक्री एक अपरिचित महिलाले आइतबार साँझ लुटेर फरार भएकी छन् ।

आफ्नै घरको दोस्रो तलामा एक्लै बसेर तरकारी केलाइरहेकी श्रेष्ठले लगाएको उक्त सुनको सिक्री ती अपरिचित महिलाले लुटेर फरार भएकी हुन् ।

ती महिलाले श्रेष्ठको आँखामा पट्टी बाँधेर मुखमा रुमाल कोची सिक्री लुटेर फरार भएको घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक कृष्ण बानियाँले बताउनुभयो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us