डन आरोपमा युवासंघ नगर अध्यक्ष पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते १५:०७ मा प्रकाशित

sushil kcचितवन, ७ कात्तिक– प्रहरीले गुण्डा गर्दीमा संलग्न रहेको आरोपमा एमाले सम्वद्ध युवा संघ भरतपुर नगर कमिटी अध्यक्ष सुशील केसीलाई पक्राउ गरेको छ ।

केसीलाई भरतपुरस्थित क्यान्सर अस्पताल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

केसीसँगै युवासंघ भरतपुर नगर कमिटी सदस्य सुरज शाही पनि पक्राउ परेका छन् । उनीहरुलाई धारिहलो हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तर एमाले, युवा संघ र अनेरास्ववियुले गलत आरोपमा आफ्ना कार्यकता पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले केसी र शाहीलाई तत्काल रिहा गर्न पनि माग गरेका छन् ।

यसअघि पनि युवासंघ चितवन अध्यक्ष प्रकाश रेग्मीलाई प्रहरीले गुण्डा गर्दीको आरोपमा पक्राउ गरेको थियो ।

रेग्मी पक्राउ परेको दुई सातापछि धरौटीमा छुटेका थिए । एमालेले आफ्ना नेता कार्यकर्ताको चरित्र हत्या गर्ने नियतका साथ गलत आरोप लगाएर पक्राउ गर्ने गरेको दाबी गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सशकुल थापाले आफू चर्चामा आउन एमाले कार्यकर्तालाई दु:ख दिएको एमाले चितवनका एक नेताले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us