रौतहट, ८ मंसिर– रौतहटको बैरिया– ५ मा एक विवाहित महिला बलात्कृत भएकी छन् ।
उनलाई लालबकैया नदीको बाँध छेउमा स्थानीय २७ वर्षीय शेख मोविनले लछारपछार गरी बालात्कार गरेको प्रहरीले जनाएको छ ।
खेतमा काम गर्न जाँदै गरेका बेला छोपी पूर्वगाविस अध्यक्षका कान्छा छोरा मोविनले ती महिलाको मुखमा कपडा बाँधी बलात्कार गरेको पीडित महिलाले बताइन् ।
पीडितका श्रीमान भारतको सितामढी जिल्लाको बैरगनियास्थित मदर्शामा धार्मिक गुरुको रुपमा कार्यरत छन् । सुरुमा गाउँका केही टाठाबाठाहरुले मुद्दालाई गाउँमै सामसुम पार्ने प्रयास गरेका थिए ।
घटनापछि पीडित महिलाले श्रीमानलाई टेलिफोन गरी सबै कुरा बताएकी थिइन् ।
आइतबार घर पर्केका पीडित महिलाका श्रीमानले दोषीलाई कडा कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना ढिलो गरी सार्वजनिक भएको हो ।