हिन्दू राज्य बनाउने हो भने सबैलाई एउटा गाई र तेह्र रोपनी जग्गा देऊः दाहाल

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते ३:०६ मा प्रकाशित

dahal yagyanidhiकाठमाण्डु, ७ मंसिर– साहित्यकार यज्ञनिधि दाहालले सबै नेपाली जातिलाई सम्बोधन हुने  संविधान र सङ्घीयता हुनुपर्ने सुझाव दिएका छन् ।

आफ्नै निवास मण्डिखाटारमा दाहालले भने, ‘राज्यले सबै नेपाली जनतालाई सम्बोधन गर्नुपर्छ, बिपीका कतिपय भनाइमा यही कुरा पाइन्छ भने महाकवि देवकोटाले पनि साहित्यमा यही कुरा बोल्नुभएको छ ।’

बिपीका पालामा नेपाली काँग्रेसको २००४ कै घोषणापत्रमा धर्मनिरपेक्षता राखिएको बताउँदै उनले  नेपाललाई हिन्दू राज्य घोषणा गर्ने हो भने हरेकको घरमा एक एक गाई र १३/१३ रोपनी जग्गा पनि उपलब्ध गराउने प्रत्याभूति हिन्दूधर्मवादीले दिनुपर्ने माग पनि गरे ।

‘पृथ्वीनारायण शाह वीर हुन्, हामीलाई नेपाल र नेपाली भनेर चिनाउने खाका उनैले कोरेका हुन्’, हाल औषधि, सुई, मिर्गाैला डायलोसिस, परिवहन खर्च आदि गरेर मासिक एक लाख खर्च ब्यहोर्दै आएका  दाहालले एक प्रसङ्गमा भने ।

‘म मेरै गरिखाएको छु, राज्यले हेरेन भनी  हीनताभास लिन्न’ उनले भने ‘कुनै दुःखी  गरिबले पनि आफूलाई हीनभावना लिनुहुन्न ।’

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us