विराटनगर, ६ कात्तिक– सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ७० हजार सरकारी कर्मचारीमध्ये २८ हजारले निजी क्षेत्रमा दोहोरो काम गरिरहेको बताएका छन् ।
एमाले जिल्ला कमिटीले शनिबार मोरङमा गरेको कार्यक्रममा उनले सरकारको तलब भत्ता खाएर निजी क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए ।
आफू कर्मचारीको मात्र नभई समग्र देशवासीकै मन्त्री भएकालेसुशासन कायम गर्न लागिपरेका दाबी गरे ।
सेवाग्राहीको प्रत्यक्ष सम्पर्क भएका कार्यालय आगामी पुस १ गतेबाट विहान ६ बजेदेखि १२ बजेसम्म र दिउ“सो १२ बजेदेखि सा“झ ६ बजेसम्म सञ्चालनमा आउने जानकारीसमेत दिए ।