अमेरिकाबाट कार्टर सेन्टरले भन्यो, ‘पूर्वसहमतिका आधारमा संविधान जारी गर’

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ५:४४ मा प्रकाशित

Jimmy-Carterकाठमाण्डु, ६ मंसिर– कार्टर सेन्टरले नेपालका राजनीतिक नेतृत्वलाई संविधान लेखनका निम्ति सहमतिमा पुग्न आग्रह गरेको छ ।
संविधान जारी गर्ने मिति माघ ८ को समयसीमा नजिकिँदै गएका बेला राजनीतिक दलबीच ध्रुवीकरण बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै सेन्टरले सबै दललाई शान्ति प्रक्रियाको प्रारम्भ र संविधानसभा स्थापनामा झा सबै पक्षलाई मान्य हुने सहमतिको भावनाअनुसार संविधानलेखनलाई पनि सफलतापूर्वक निष्कर्षमा टुङ्ग्याउन अनुरोध गरेको छ ।

राज्य पुन:संरचना, राज्यको सीमाङ्कन र नामकरणजस्ता सहमति हुन नसकेका विषयका कारण पहिलो संविधानसभा भङ्ग भएको र वर्तमान संविधानसभा पनि तिनै विषय निरुपण गर्न असफल हुँदा शान्तिप्रक्रिया र संविधान लेखनका ऐतिहासिक उपलब्धिमा अवमूल्यन भएको सेन्टरको मुख्यालय अमेरिकाको एटलान्टाबाट शनिबार जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको दीर्घकालीन द्वन्द्वका कारक ऐतिहासिक रुपमा सीमान्तकृत तथा आर्थिक अवसरबाट वञ्चित समूहको आवश्यकताको सम्बोधन र बृहत् सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सेन्टरले जटिल संवैधानिक विषय समाधानका निम्ति नेतृत्ववर्ग, सरकार र राजनीतिक दलका नेतालाई शान्तिप्रक्रियाका उपलब्धिको सम्मानमा पुन: प्रतिबद्धता जनाउन आग्रह गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us