अस्पतालको शौचालयबाट खसेर बिरामीको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ७:२७ मा प्रकाशित

ललितपुर, ६ मंसिर– ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको शौचालयबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
ज्वरो आएपछि उपचारका लागि आएकी दोलखा घर भएकी ७८ वर्षीया ललिता खड्काको शनिबार बिहान एक तलामाथि अस्पतालको शौचालयबाट खसेर ज्यान गएको हो ।

निर्माणाधीन शौचालयभित्रबाट उनी खसेको अस्पताल प्रशासनले जनाएको छ । यसैबीच मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us