सार्कभर एमाओवादीले प्रतिपक्षी व्यवहार नगर्ने

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ७:२० मा प्रकाशित

prachanda-sushil काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री सशुील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री भेट्न प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा १८ औं सार्क शिखर सम्मेलन सफल पार्न आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले सम्मेलन सफल पार्न आफूहरुको पूर्ण सहयोग रहने बचन दिएका छन् ।

‘प्रधानमन्त्रीले सार्क सम्मेलन सफल पार्न सहयोगको आग्रह गर्नुभयो’, प्रचण्डका स्वकीयसचिव चुडामणि खड्काले काठमाण्डु टुडेसँग भने, ‘अध्यक्षले सम्मेलन सफल पार्न सहयोग गर्ने बताउनुभयो ।’

बैठकमा दुई नेताबीच संविधान निर्माण प्रक्रियामा उत्पन्न अगतिरोध अन्त्य गर्ने विषयमा समेत कुराकानी भएको खड्काले बताए ।

उनले प्रधानमन्त्री कोइरालाले सहमतिमै संविधान जारी गर्न तयार रहेको बताएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us