
काठमाण्डु, ६ मंसिर– गृहमन्त्रालयले ५२ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरेको छ । गत साता बढुवा सिफारिस भएकोमा त्यसउपर कसैले पनि उजुरी नगरेपछि गृहले शुक्रबार बढुवा गरेको हो ।
बढुवा हुनेमा शैलेन्द्र रेग्मी, भाग्येन्द्रपुरुष ढकाल, अर्जुनकुमार श्रेष्ठ, यादवराज उप्रेती, समीरचन्द्र खरेल, डम्बरकुमार तामाङ, रामबहादुर केसी, अवधेश विष्ट, राजेश थापा, आनन्दमाणि लामिछाने, मित्रबन्धु शर्मा, रन्जितसिंह राठौर, रामप्रसाद चौलागाईं, ज्ञानेन्द्र पाख्रिन छन् ।
त्यस्तै परशुराम तिवारी, धनबहादुर कठायत, मोहनकुमार परियार, यादव घर्ती, किरणजंग थापा, रामप्रसाद घर्ती, मिनबहादुर रावल, नरेन्द्रकुमार कार्की, गणेशविक्रम शाह, उद्धवदेव भट्ट, त्रिलोक चन्द, राजेन्द्र थापा, खड्ग खत्री, विजयकुमार यादव, वेदराज खनाल, चिरञ्जीवी कोइराला पनि बढुवा भएका छन् ।
शम्भु ढकाल, माधव बुढाथोकी, डम्बर चन्द, प्रकाशराज शर्मा, डोलाराज शाही, सोमबहादुर थापा, विश्वराज खड्का, सुरेन्द्रराज अधिकारी, वालनरसिंह राणा, जीवनकुमार श्रेष्ठ, किसानसिंह चुँडाल, दिलीपकुमार खड्का, कुशबहादुर थापा, बालाजी रायमाझी, भक्तबहादुर विष्ट, दिलीपसिंह भण्डारी, हरिनाथ योगी, कमलेशकुमार भट्ट, मंगलप्रसाद चन्द, महेन्द्रबहादुर चन्द, कृष्णप्रसाद शर्मा र योगेन्द्रप्रसाद चौरसिया बढुवामा परेका छन् ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अध्यक्ष रहेको समितिले गत २६ कात्तिकमा उनीहरुको नाम सिफरिस गरेको थियो ।