पशुपति पनि हिन्दू राष्ट्रकै पक्षमा

काठमाण्डु टुडे २०७१ मंसिर ६ गते ९:३२ मा प्रकाशित

Pashupati-Shamsher-Ranaभीमदत्तनगर, ६ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति रणााले नेपाल हिन्दू गणतन्त्र देश हुनुपर्ने बताएका छन् ।
महेन्द्रनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले आफू सनातन हिन्दू धर्मको पक्षमा रहेको धारणा उल्लेख गरे ।

‘पहिलो संविधानसभामा पनि राप्रपाले धर्म निरपेक्षताको विरोध गरेको थियो’, राणाले भने, ‘धर्मनिरपेक्षता छलफल नै नगरी घोषणा गरिएको हो ।’ जनसङ्ख्याको अनुपातका हिसाबले पनि नेपाल हिन्दू गणतन्त्र हुनुपर्ने जबराको भनाइ थियो ।

पहिलो संविधानसभामा ९४ प्रतिशत राजनीतिक दलहरुले गणतन्त्र स्थापनाबारेको प्रस्ताव पारित गर्नुका साथै सबैले आ–आफ्नो घोषणापत्रमा राखेको बताए । ‘तर धर्मनिरपेक्ष कँही पनि थिएन’, उनले भने ।

आफ्नो पार्टीले हिन्दू राज्यका बारेमा कुनै आधिकारिक निर्णय नगरेको बताउँदै उनले आफू सनातन हिन्दू धर्मकै पक्षमा रहेको प्रष्ट्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us