समाचार

सुवास नेम्वाङले बाबुरामलाई भने, ‘काँग्रेस–एमालेको हस्ताक्षरलाई महत्व नदिनुस्’

२०७१ मंसिर ४ गते १५:०४

काठमाण्डु, ४ मंसिर– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईलाई सत्तारुढ कांग्रेस–एमालेका ४३ सभासदले सदस्यले बुझाएको हस्ताक्षरलाई महत्व नदिन भनेका छन् । नेम्वाङले भट्टराईलाई बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर समितिमा देखिएको अन्यौलता समाधनका लागि अग्रसरता दिन आग्रह गरे...

मोदी भ्रमण रोकिँदा हाम्रो अनुहारमा कालो पोतियो: नारायणकाजी

२०७१ मंसिर ४ गते १४:३३

काठमाण्डु, ४ मंसिर– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्ना कार्यकर्ताको उदण्ड व्यवहारका कारण भारतीय प्रधानमन्त्रीले गर्ने भनिएको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएको भन्दै दु:ख व्यक्त गरेका छन् । श्रेष्ठले उक्त प्रकरणबाट आफूहरुको अनुहारमा कालो पोतिएको टिप्पणी गरे । विवादित वीरगञ्जस्थित भारतीय काउन्सलर...

भारतीय दूतावास भन्छ, ‘मोदीको जनकपुर भ्रमण रद्द भएकोबारे थाहा छैन’

२०७१ मंसिर ४ गते १४:१८

काठमाण्डु, ४ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको जानकारी प्राप्त नभएको नेपाल र भारत सरकारका वरिष्ठ अधिकारीहरुले स्पष्ट गरेका छन् । प्रधानमन्त्री मोदीको स्वागतका लागि खटिएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले विज्ञप्ति जारी गर्दै भ्रमण रद्द भएको जनाएका थिए...

१ सय ७० वर्ष कैद सुनाइएका बजिरसिंहको जेलमै मृत्यु

२०७१ मंसिर ४ गते १४:११

सुनसरी, ४ मंसिर– चेलीबेटी बेचबिखनको मुद्धामा १ सय ७० वर्ष कैद सजाइ सुनाइएका अभियुक्तको कारागारमै ज्यान गएको छ । चेलीबेटी बेचबिखनका डनका नामले चिनिएका ३७ वर्षीय बजिरसिंह तामाङको सुनसरीको झुम्का कारागारमा मृत्यु भएको हो । सिन्धुपाल्चोक शिखरपुर–८ का स्थायी बासिन्दा तामाङको गत कात्तिक १९...

सार्क सम्मेलन मुलुकको प्रतिष्ठा होः कोइराला

२०७१ मंसिर ४ गते १३:४८

काठमाण्डु, ४ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले काठमाण्डुमा आगामी १० र ११ मंसिरमा हुने दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ को १८ औं शिखर सम्मेलन मुलुकको प्रतिष्ठासँग गाँसिएको बताएका छन् । सार्क तयारीबारे जानकारी गराउन बालुवाटार पुगेका सरकारका मन्त्रीहरुसँग कुरा गर्दै उनले तयारीमा कुनै कमी...

‘मोदी भ्रमण रद्द ऐतिहासिक दुर्घटना’

२०७१ मंसिर ४ गते १३:२२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनका अवसरमा जनकपुर, लुम्बिनी र मुक्तिनाथ जाने कार्यक्रम अचानक रद्द भएको समाचार आएको छ । यो भारत सरकारकै तर्फबाट जानकारी आएको भनिएको छ । तय भइसकेको छिमेकी राष्ट्रको प्रधानमन्त्रीको भ्रमण रद्द हुनुले नेपाल सरकारको कुटनीतिक र परराष्ट्र नीतिको पूर्ण...

नक्कली एटीएम प्रयोग गरी नेपालीको खाताबाट रकम झिक्ने टर्केली पक्राउ

२०७१ मंसिर ४ गते १३:२२

काठमाण्डु, ४ मंसिर– नेपालका विभिन्न बैंकको एटीएम मेसिनबाट नक्कली एटीएम प्रयोग गरी रकम निकाल्ने टर्कीका नागरिक पक्राउ परेका छन् । टर्कीका नागरिक २४ वर्षीय मेहमत गुलेनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डुको ठमेलबाट पक्राउ गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय एटीएम कार्डहरू प्रयोग गरी...

मोदी भ्रमण रद्द भएको विरोधमा जनकपुरमा प्रदर्शन

२०७१ मंसिर ४ गते १३:१०

जनकपुर, ४ कात्तिक– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको भ्रमण रद्द भएको विरोधमा जनकपुरमा विरोध प्रदर्शन भएको छ । एकीकृत माओवादीसहित मधेस केन्द्रित दल, नागरिक अगुवा र व्यवसायीले मोदी भ्रमण रद्द हुनुमा सरकार दोषी रहेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले भौतिक पूर्वाधार...

सुकुम्बासीलाई जग्गा दिलाएरै छाड्ने प्रचण्डको अठाेट

२०७१ मंसिर ४ गते १२:२१

काठमाण्डु, ४ मंसिर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमिहीन किसानलाई जमिन उपलब्ध गराउन आफ्नो पार्टी हदैसम्मको प्रयत्नशील रहेको बताउनुभएको छ । पशुपति वनकालीमा  लामो समयदेखि अनशनरत भूमिहीन किसानलाई बिहीबार भेटेर उनले आफ्नो पार्टीले क्रान्तिकारी भूमिसुधारको नारा नछाडेको र नयाँ संविधानमा सो विषयलाई समावेश...

मोदीका बहुचर्चित भ्रमणहरु किन रद्द गरिए ?

२०७१ मंसिर ४ गते ११:५४

काठमाण्डु, ४ मंसिर – सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जाने विषयमा विवाद र बहस चलिरहेकै बेला एक्कासी राजधानीबाहिरका भ्रमणहरु सबै रद्द गरिएकाे समाचार स्राेतले जनाएकाे छ । यातायात मन्त्रीले बिहीबार एक विज्ञप्ती जारी गरी मोदीको जनकपुर भ्रमण स्थगित भएको जानकारी गराएका...

वैद्य र विप्लवले गरे राजधानीमै समानान्तर ‘सभा’

२०७१ मंसिर ४ गते ११:२९

काठमाण्डु, ४ मंसिर– नेकपा–माओवादीका दुई धारले बिहीबार राजधानीमा समानान्तर सभा गरेका छन् । अध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षले वसन्तपुरमा सभा गरिरहेका बेला सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षले कार्की पार्टी प्यालेसमा आफ्नै समूहका प्रशिक्षण सभा गरेको छ । संविधान सभाको दोस्रो निर्वाचन भएको दिन पारेर...

बिहान ६ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय खुलै

२०७१ मंसिर ४ गते १०:२१

काठमाण्डु, ४ मंसिर–सरकारले प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रवाह गर्ने कार्यालयहरुबाट सेवा प्रदान गरिने समयावधि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने राहदानी, मालपोत, भूमिसुधार, नापी, कम्पनी रजिष्ट्रार, यातायात व्यवस्था, वैदेशिक रोजगार, श्रम, विद्युत् तथा खानेपानीसहितका कार्यालयबाट बिहान ६...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us