मोदीका बहुचर्चित भ्रमणहरु किन रद्द गरिए ?

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर – सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जाने विषयमा विवाद र बहस चलिरहेकै बेला एक्कासी राजधानीबाहिरका भ्रमणहरु सबै रद्द गरिएकाे समाचार स्राेतले जनाएकाे छ ।

modi

यातायात मन्त्रीले बिहीबार एक विज्ञप्ती जारी गरी मोदीको जनकपुर भ्रमण स्थगित भएको जानकारी गराएका थिए । तर समाचार स्राेतका अनुसार माेदीका सबै भ्रमण रद्द भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले भारतीय राजदुतावासले परराष्ट्र मन्त्रालयलाई दिएको जानकारी अनुसार भन्दै ‘मोदीको जनकपुर भ्रमण रद्द भएको’ उल्लेख गरेका छन् । निधिले यसलाई दुःखद् समाचार समेत भनेका छन् ।
निधिले भ्रमण रद्द हुनुमा एकीकृत माओवादीको नेतृत्वमा रहेका मधेसवादी दलहरुको गैरजिम्मेवारपूर्ण व्यवहार जिम्मेवार रहेको पनि उल्लेख गरेका छन् ।
उनले मोदीको ‘अभिनन्दन कार्यक्रम बिथोल्न’ र अतिवादी व्यवहार र विवादित वातावरण सिर्जना गरेको भन्दै मधेसवादी दलकाे कार्यको भत्र्सना पनि गरेका छन् ।

विज्ञप्तीको पूर्ण पाठ :

Modi Janakpur Press

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us