
सुनसरी, ४ मंसिर– चेलीबेटी बेचबिखनको मुद्धामा १ सय ७० वर्ष कैद सजाइ सुनाइएका अभियुक्तको कारागारमै ज्यान गएको छ ।
चेलीबेटी बेचबिखनका डनका नामले चिनिएका ३७ वर्षीय बजिरसिंह तामाङको सुनसरीको झुम्का कारागारमा मृत्यु भएको हो ।
सिन्धुपाल्चोक शिखरपुर–८ का स्थायी बासिन्दा तामाङको गत कात्तिक १९ मा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
सिकिस्त बिरामी परेकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको झुम्का कारागारका निमित्त जेलर तुलसी आचार्यले जानकारी दिए । आचार्यका अनुसार तामाङ क्षयरोगबाट पीडित थिए ।
यद्यपि मर्नुभन्दा दुई दिनअघि उनाले आफू एचआईभी/एड्सको बिरामी भएको बताएको आचार्यले उल्लेख गरे । ‘क्षयरोग छ भन्थ्यो, त्यसैको मात्र उपचार गरियो’, आचार्यले भने, ‘मर्नुभन्दा दुई दिनअघि मात्र एड्स लागेको बतायो, त्यतिखेर धेरै ढिला भइसकेको रहेछ ।’
तामाङलाई ६ जना युतवीलाई भारतीय कोठीमा बेचेको आरोपमा जिन्धुपाल्चोक जिल्ला अदालतले २७ आसार २०६९ मा १ सय ७० वर्ष कैद फैसला सुनाएको थियो । ‘
्