
काठमाण्डु, ४ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको जानकारी प्राप्त नभएको नेपाल र भारत सरकारका वरिष्ठ अधिकारीहरुले स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री मोदीको स्वागतका लागि खटिएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले विज्ञप्ति जारी गर्दै भ्रमण रद्द भएको जनाएका थिए ।
नेपालस्थित भारतीय दूतावासका प्रवक्ता अभयकुमारले प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्द भएको सम्बन्धमा आधिकारिक सूचना प्राप्त नभएको प्रष्ट्याए । यसैबीच परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले पनि त्यसबारे औपचारिक जानकारी नरहेको बताए ।
रासस