बिहान ६ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय खुलै

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १०:२१ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर–सरकारले प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रवाह गर्ने कार्यालयहरुबाट सेवा प्रदान गरिने समयावधि बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने राहदानी, मालपोत, भूमिसुधार, नापी, कम्पनी रजिष्ट्रार, यातायात व्यवस्था, वैदेशिक रोजगार, श्रम, विद्युत् तथा खानेपानीसहितका कार्यालयबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो ।
त्यसका लागि सम्बन्धित मन्त्रालयले मंसिर मसान्तसम्ममा सार्वजनिक सूचना जारी गर्ने र त्यससम्बन्धी गृहकार्य पूरा भएपछि सेवा आरम्भ हुने सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।

बैठकले राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई आजीवन मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us