तस्करसँग प्रहरीको घाँटी जोडिएपछि…

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते ६:०५ मा प्रकाशित

झापा, ५ मंसिर–प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाले एक प्रहरी सहायक निरीक्षकसहित चार प्रहरीलाई निलम्बन गरेको छ ।

२३ प्रहरी कारबाहीमा परेका छन् ।  इलाका प्रहरी कार्यालय काकँडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले दिएको जानकारीअनुसार सीमा क्षेत्रमा रहेर प्रहरी अनुशासन र आचरण विपरीत काम गर्ने एक प्रहरी सहायक निरीक्षक, दुई हबलदार र एक सिपाही निलम्बनमा परेका हुन् ।

पूर्वी नाका काँकडभिट्टामा सुपारी तस्करसँग साँठगाँठ गरी प्रहरीको छवि बिगारेको जनाउँदै उनीहरुलाई कारबाही गरिएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us