
सप्तरी, ४ मंसिर– जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत दुई प्रहरी हवल्दारबीच कुटाकुट भएको छ ।
खानाको विषयमा भएको विवाद चर्किएछि प्रहरी हवल्दारद्वय चन्द्रबहादुर विक र कृष्ण खतिवडाबीच कुटाकुट भएको हो ।
खतिवडाको कुटाइबाट विकको आँखा र टाउकोमा गहिरो चोट लागेको छ । घाइते विकको राजविराजस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ । श्रोतका अनुसार घटनाका बेला खतिवडाले अत्याधिक मदिरा सेवन गरेका थिए ।
विवाद बढ्दै जाँदा उनले विकमाथि जुठो थालले हानेका थिए । घटनाबारे आन्तरिक छानबिन भइरहेको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानसिंह बोहराले बताए ।