आज बालाचतुदर्शी पर्व

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते २:३१ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– हिन्दू धर्मावलम्बीले आफ्ना दिवंगत आफन्तको आत्माको चिरशान्तिको कामना गर्दै आज bala chaturdashiसतबीज छरेर बालाचतुर्दशी पर्व मनाउँदै छन् ।
देशभरका शिव मन्दिरहरुमा तसबिज छर्नेको बिहानैदेखि घुइँचो लागेको छ । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सप्तबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।

तिर्थालुहरु गएराति मृत आफन्तको नाममा दिप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए ।
प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात आजैका दिन सतबीज छर्नाले मृतकले जिवित अवस्थामा गरेको पाप नाश भई उनीहरुले माोक्ष प्रात गर्ने जनविश्वास रहिआएको छ ।

जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छरेर देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ ।
आजका दिन एक गेडा बीज छर्दा एक तोला सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने जनविश्वास छ ।
बागमती नदी किनारको मृगस्थलीमा भगवान शिव मृगरुप धारण गरेर बिहार गरेको थाहापाई शिवरुपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको किम्वदन्ती छ ।

बीज उम्रेर हरियो भएपछि मृगहरु आउँदा सो बथानमा भगवान शिवलाई पार्वतीले चिन्न सकेको किम्बदन्ती छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us