काठमाण्डु, ४ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
पूर्वाञ्चल भ्रमणबाट फर्किएलगत्तै ओली बिहीबार साँझ प्रचण्ड भेट्न लाजिम्पाट पुगेका थिए । लाजिम्पाटस्थित एक व्यवसायीको घरमा दुई नेताबीच करिब दुई घण्टा गोप्य भेटभाट भएको श्रोतले जनाएको छ ।
उनीहरुबीच संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा देखिएको गतिरोध अन्त्यको प्रयासमा छलफल भएको बताइएको छ ।
प्रचण्डले विगतका सहमतिप्रति काँग्रेस–एमाले इमान्दार नभए ८ माघमा संविधान बन्न कठिन हुने बताएका थिए ।