रौतहट, ३ मंसिर– रौतहटको चन्द्रपुर–१ मा रहेको एसबीआर्इ बैंकबाट रकम निकाल्दै गर्दा २० लाख लुटिएको घटनामा इन्फास्टक्चर डेभलपमेन्ट बैंकका कर्मचारीको मिलेमतो रहेको खुलेको छ । प्रहरी अनुसन्धानले टुलपाटमा आइडी बैंकका कर्मचारी शम्भु थापाको संलग्नता खुलेको हो । रकम लुट्न सघाएको आरोपमा थापालाई प्रहरीले बुधबार...
कास्की, ३ मंसिर–कास्कीमा एक विदेशी पर्यटकको कुर्सीबाट खसेर ज्यान गएको छ । मृत्यु हुनेमा नेपाल घुम्न आएका हल्याण्ड नागरिक ७६ वर्षीय रेफ्ड हाङ किस्मित छन् । पछिल्लो दुई सातायता लुम्ले–६ स्थित अस्ट्रेलियन क्याम्पमा बस्दै आएका उनी क्याम्पमै कुर्सीमा बसिहरेका बेला बुधबार बिहान एक्कासि लडेका...
काठमाण्डु, ३ मंसिर– फोटो पत्रकारहरुको संस्था पिजे क्लबले आगामी १० र ११ गते काठमाण्डुमा हुने १८ औं सार्क सम्मेलनको तस्बीर खिच्न पाउनुपर्ने माग गरेको छ । सरकारले सार्कको उदघाटन र समापन कार्यक्रम हुने राष्ट्रिय सभा गृहमा सरकारी सञ्चार माध्यमलाई मात्र समाचार संकलन र तस्विर...
काठमाण्डु, ३ मंसिर– एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि अमेरिकी राजदूत तथा बेलायती राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले सरकारमा रहेका दलहरुले आफूखुसी विगतको सहमति तथा सम्झौतालाई लत्याएर बहुमतको बलमा संविधान जारी...
म्याग्दी, ३ मंसिर– म्याग्दीका एक व्यक्तिको विदेश जाँदा लागेको ऋण तिर्न नसक्दा मानसिकरुपमा विक्षिप्त भएर निधन भएपछि परिवार बिचल्लीमा परेका छन् । पैसा कमाएर सुखी र खुसी जीवन कटाउने सपना बोकेर विदेसिएका भगवती–३ का ३६ वर्षीय रिमबहादुर परियारको मानसिक रोगका कारण निधन भएपछि परिवारमा...
काठमाण्डु ३ मंसिर – १८ औं सार्क शिखर सम्मेलन अवधिभर राजधानीसहित केही सहरमा लोडसेडिङ नहुने भएकाे छ । उर्जामन्त्री राधा ज्ञवालीले राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले भ्रमण गर्ने जनकपुर, लुम्बिनी, मुक्तिनाथ र धुलिखेल क्षेत्र पनि लोडसेडिङमुक्त हुने घोषणा गरेकी छिन् । राजधानीमा बुधबार भएकाे एक...
भीमदत्तनगर, ३ मंसिर– दार्चुलाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । चालु आर्थिक वर्षमा दार्चुलाबाट मात्र करिब ५०० बढी युवा विदेश पलायन भएको तथ्याङ्कले देखाएको छ । दार्चुलामा राहदानी लिनेको सङ्ख्या बढेसँगै वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दै गएकोे हो ।...
दमक– रोजगारीका लागि साउदी अरब पुगेका झापा लखनपुर–१ पाडाजुँगी निवासी सुनिल हलुवाइको मृत्यु भएको छ । डेढ वर्षअघि साउदीको लुलु मार्केटमा सुपरभाइजरको काम गर्दै आएका २९ वर्षीय हलुवाइको सोमबार साँझ काम गर्दागर्दै हृदयघात भएर ज्यान गएको थियो । कम्पनीमा काम गरिरहेका बेला अकस्मात...
विराटनगर, ३ मंसिर – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सङ्घीय राज्यको सङ्ख्या, सिमाना, नामलगायतका विषयमा विवाद देखिएमा त्यसको जिम्मा अधिकार सम्पन्न आयोगलाई दिन सकिने बताएका छन् । पोखरेलले जातीय आधारमा सङ्घीय राज्य नभई सामथ्र्य र पहिचानका साथै नेपालको भूगोलको आधारमा नेपाली मोडेलमा सङ्घीय राज्य...
वीरगञ्ज– ३ मंसिर– एमाओवादीसहित २२ दलीय मोर्चा आवद्ध दलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन र सम्बोधन जनकपुरको बाह्रबिघामा हुनुपर्ने माग गरेको छ । उनीहरुले मोदीको सम्बोधन बाह्रविघा मैदानमै हुनुपर्ने माग गर्दै वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासमा मंगलबार साँझ ज्ञापनपत्र बुझाएका छन् । एमाओवादी नेता...
सोलुखुम्बु, ३ मंसिर– तेन्जिङ हिलारी विमानस्थल लुक्लामा विगत चार दिनदेखि मौसम खराबी हुँदा यात्रु मारमा परेका छन् । मौसम खराबीका कारण नियमित उडान प्रभावित हुँदा यात्रु मारमा परेका हुन् । बिहान केही बेर मौसम सुधार हुँदा केही उडान हुने भए पनि त्यसपछि मौसम बिग्रँदा...
काठमाण्डु, ३ मंसिर– एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग सामूहिक छलफल गर्ने भएको छ । सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा बुधबार बिहान बसेको मोर्चा बैठकले काँग्रेस–एमालेले आफूहरुलाई संविधानविरोधीको आरोप लगाएको भन्दै राजदूत भेला गर्ने निर्णय गरेको हो । कांग्रेस–एमालेले...