सार्क सम्मेलनभरि लोडसेडिङ नहुने

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ९:१५ मा प्रकाशित

काठमाण्डु ३ मंसिर – १८ औं सार्क शिखर सम्मेलन अवधिभर  राजधानीसहित केही सहरमा लोडसेडिङ नहुने भएकाे छ । उर्जामन्त्री राधा ज्ञवालीले राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले भ्रमण गर्ने जनकपुर, लुम्बिनी, मुक्तिनाथ र धुलिखेल क्षेत्र पनि लोडसेडिङमुक्त हुने घोषणा गरेकी छिन् ।

Radha Gyali

राजधानीमा बुधबार भएकाे एक कार्यक्रममा बोल्दै उनले त्यसको लागि भारतबाट ५ सय मेगावाट विद्युतमागेको र त्यसमध्ये १ सय७० मेगावाट विद्युत आयात भइरहेको जानकारी दिईन् ।

मन्त्री ज्ञवालीले यसवर्ष हिउँदमा पनि कम लोडसेडिङ्ग हुने दावी गरेकी छन् ।  त्यसको लागि भारतबाट विद्युत आयातका साथै निर्माणधिन आयोजनाहरुको काम छिटो सम्पन्न गराउने, साना आयोजना निर्माण गर्न सहयोग गर्ने, बुढीगण्डकी र नर्सिङ्गाड जस्ता आयोजनाका कामहरु तत्काल अघि बढाउने जानकारी दिएकी छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us