सार्कको तस्बीर खिच्न रोकिएकामा फोटो पत्रकारको आपत्ति

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ११:२९ मा प्रकाशित

photoकाठमाण्डु, ३ मंसिर– फोटो पत्रकारहरुको संस्था पिजे क्लबले आगामी १० र ११ गते काठमाण्डुमा हुने १८ औं सार्क सम्मेलनको तस्बीर खिच्न पाउनुपर्ने माग गरेको छ ।
सरकारले सार्कको उदघाटन र समापन कार्यक्रम हुने राष्ट्रिय सभा गृहमा सरकारी सञ्चार माध्यमलाई मात्र समाचार संकलन र तस्विर खिच्ने अनुमति दिइएकामा पिजेले आपत्ति जनाएको हो । क्लबका पदाधिकारीले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई बुधबार छुट्टाछुट्टै
भेट गरी फोटो खिच्न दिन माग गरेको हो । फोटो खिच्न प्रतिबन्ध लगाइए आन्दोलनमा उत्रने चेतावनी क्लबको छ । मुख्य कार्यक्रमको तस्बीर खिच्न नदिइए सार्कका अन्य कार्यक्रम बहिस्कार गर्ने चेतावनी उसले दिएको छ । सञ्चार माध्यमलाई फोटो खिच्न रोक्ने सरकारको निर्णय प्रेस स्वतन्त्रताविरोधी भएको ठहर क्लबको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us