बैंक कर्मचारीकै मिलेमतोमा २० लाख लुटिएको खुलासा

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ११:५५ मा प्रकाशित

रौतहट, ३ मंसिर– रौतहटको चन्द्रपुर–१ मा रहेको एसबीआर्इ बैंकबाट रकम निकाल्दै गर्दा
२० लाख लुटिएको घटनामा इन्फास्टक्चर डेभलपमेन्ट बैंकका कर्मचारीको मिलेमतो रहेको खुलेको छ ।

प्रहरी अनुसन्धानले टुलपाटमा आइडी बैंकका कर्मचारी शम्भु थापाको संलग्नता खुलेको हो । रकम लुट्न सघाएको आरोपमा थापालाई प्रहरीले बुधबार पक्राउ गरेको छ  ।

मंगलबार चार जनाको संख्यामा आएका हतियारधारीले रकम झिकेर बाहिरिँदै गरेका बैंकका सुरक्षा गार्ड तेजबहादुर कार्की र वरिष्ठ सहायक उज्वल रिजालमाथि गोली प्रहार गरी २० लाख रुपैयाँ लुटेका थिए ।

लुटेरामध्ये पूर्वमाओवादी लडाकु सिन्धुलीका नारायण राई प्रहरीसँगको भिडन्तमा घाइते भएपछि मंगलबारै पक्राउ परेका थिए ।  घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीका नायब उपरीक्षक भीम ढकालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us