मोदीको सम्बोधन बाह्रबिघामै हुनुपर्ने एमाओवादीसहित २२ दलको माग

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ६:४२ मा प्रकाशित

maoist-flagवीरगञ्ज– ३ मंसिर– एमाओवादीसहित २२ दलीय मोर्चा आवद्ध दलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन र सम्बोधन जनकपुरको बाह्रबिघामा हुनुपर्ने माग गरेको छ ।
उनीहरुले मोदीको सम्बोधन बाह्रविघा मैदानमै हुनुपर्ने माग गर्दै वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासमा मंगलबार साँझ ज्ञापनपत्र बुझाएका छन् ।

एमाओवादी नेता रामचन्द्र झाको नेतृत्वको टोलीले जनकपुरबासीका तर्फबाट भन्दै ज्ञापनपत्र बुझाएको हो ।

२२ दलले आज जिल्ला प्रशासन कार्यालय धनुषामा पनि ज्ञापनपत्र बुझाउने बताएको छ । सरकारले भने मोदीको अभिनन्दन र सम्बोधन जानकी मन्दिर परिसरमै गर्ने तयारी गरिरहेको छ ।

मोदी अभिनन्दन र भ्रमण व्यवस्थापनको जिम्मेवारी पाएका यातायातमन्त्री विमलेन्द्र निधिले मोदीको सम्बोधन जनकपुरधाममै हुने बताएपछि विवाद भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us