साउदीमा झापाका एक युवाको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ८:५५ मा प्रकाशित

दमक–   रोजगारीका लागि साउदी अरब पुगेका झापा लखनपुर–१ पाडाजुँगी निवासी सुनिल हलुवाइको मृत्यु भएको छ ।

डेढ वर्षअघि साउदीको लुलु मार्केटमा सुपरभाइजरको काम गर्दै आएका २९ वर्षीय हलुवाइको सोमबार साँझ काम गर्दागर्दै हृदयघात भएर ज्यान गएको थियो ।
कम्पनीमा काम गरिरहेका बेला अकस्मात ढलेका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको परिवारजनले बताएका छन् ।

यसैबीच छोराको विदेशमा मृत्युको खबर आज पाएपछि उहाँका बुबा शेरकटु र आमा कलामती मूर्छित भएका छन् । दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us